मालिकादेवी मन्दिर खिदिममा कात्तिक ११ गते पुर्णिमा मेला सराय नाँच हुने

घनश्याम पौडेल
अर्घाखाँची, ८ कात्तिक । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ खिदिममा रहेको मालिकादेवी मन्दिरमा कात्तिक ११ गते पुर्णिमा मेला लाग्ने भएको छ ।

दशैको पुर्णिमाको दिन लाग्ने पुर्णिमा मेलामा हजारौँ भक्तजनहरुको उपस्थिती रहन्छ । प्रत्येक वर्ष कोजाग्रत पुर्णिामाको दिन लाग्ने मेला सँगै सराय नाँच तथा मन्दिरमा भक्क्ल गरेका पुजा हुने गर्दछ ।

पुर्णिमा मेलाको दिन राति चन्द्र ग्रहण र सुतक लाग्ने भएकोले मेला, पुजा, सराय नाँच बेलुका ४ बजेसम्ममा सम्पन्न गर्नुपर्ने छ । मेला, सराय नाचँ तथा पुजाआजाका लागी आयोजकले तयारी तिव्र बनाएको पाणिनी-३ का वडा सदस्य हरिप्रसाद बन्जाडेले बताए ।

आफन्तजनको भेटघाट हुने, चिनजान हुने, सराय नाँच हेर्न पाईने, पुजा गर्न पाईने भएकाले पनि स्थानिय बासिन्दा, पाणिनी बासी सहित छिमेकीको घुईचो मन्दिरमा लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img