२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

काँग्रेस अर्घाखाँचीको महासमिती सदस्यको मनोनयन शुल्क २५ हजार, निर्वाचन १५ गते

घनश्याम पौडेल
अर्घाखाँची, ९ कात्तिक । नेपाली काँग्रेस अर्घाखाँचीबाट महासमिती सदस्य छनोटका लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन हुन लागेको काँग्रेस अर्घाखाँचीले जनाएको छ । खुल्ला ५ जनाको लागि ९ जनाको उम्मेदवारी परेको छ ।

जसमा कमलप्रसाद भुसाल, जम्शेर मियाँ, जयबहादुर टण्डन, नन्दराम भट्टराई, विष्णु मुस्कान, रामबहादुर विसी, रेवती भुसाल, लेखनाथ पोख्रेल र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । खसआर्य पुरुष तर्फ पिताम्बर खनाल र श्यामनाथ काश्यप गरी २ जनाको उम्मेदवारी परेको छ ।

खसआर्य महिलातर्फ अम्बिका पो्रखेल र चन्द्रा गैरे, जनजातितर्फ ताराप्रसाद श्रेष्ठ, मुक्तिराम श्रेष्ठको उम्मेवारी परेको हो । खसआर्य पुरुषतर्फ १ जना, खसआर्य महिला तर्फ १ जना, जनजातितर्फ १ जनाा निर्वाचित हुने प्रावधान रहेको छ । खुला महिला तर्फ शान्ता भण्डारी र निर्मला क्षेत्री सर्वसम्मत भए भने दलिततर्फ मनिराम परियार सर्वसम्मत भए ।

विपी स्मृति भवन सन्धिखर्कमा भएको मनोनयन दर्तामा १ उम्मेदवार २५ हजारका दरले उम्मेदवारी शुल्क बुझाएका छन् । काँग्रेसका अनुसार मनोनयन शुल्क पार्टी कोषमा रहने छ । महासमिती सदस्यको निर्वाचन कात्तिक १५ गते हुने भएको छ ।

निर्वाचनबाट निर्वाचित महासमिती सदस्य महासमिती बैठकमा भाग लिन जान पाउँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img