१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

अर्घाखाँचीमा साथि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा साथि बिक्रि केन्द्रको शुभाराम्भ

रुद्रमणि भुसाल,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ चुत्राबेसिमा विगत १ बर्ष देखी सेवा दिइरहेको साथि बहुउद्देश्यीय सहकारी संस्था द्वारा संचालित साथि बिक्रि केन्द्र आम उपभोक्ताको माग अनुसार सन्धिखर्क १ शान्तिनगर (पुरानो कृषि सहकारी बजार)बाट दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनको बजार केन्द्रको आजबाट सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समान खरिद गरि सन्चालनको शुभाराम्भ गर्नु भएको छ ।

जिल्लाको उत्पादनलाई प्राथमिकता दिने भएकाले धानका साथै मकै ,तोरि , स्थानीय बोडि सिमि , टिमुर तथा अन्य स्थानीय उत्पादन भएमा सम्पुर्ण कृषकहरुलाई साथी बहुउद्देश्यीय सहकारी संस्थाले खरिद गरिदिने भएकाले जानकारी गराउन आमनागरिकलाई अनुरोध गरेको साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारले झन्डै ५ वर्ष अगाडी करिब एक करोड लगानी गरेर अर्घाखाँचीमा सहकारी बजार सञ्चालन गर्ने उद्देश्यले केहि समय संचालन भएपनि तिन बर्ष देखि बन्द रहेकोमा अहिले जिल्लाको साथी बहुउद्देश्यीय सहकारी संस्थाले आफनै लगानीमा उक्त भवनको मर्मत गरि सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

जिल्ला कृषि सहकारी संघले सञ्चालन गर्नेगरी भवन निमार्ण भएतापनि निरन्तर संचालन गर्न नसक्दा लामो समयदेखि भवन अलपत्र हुँदा भत्किएर जिर्ण अवस्थामा पुगेको थियो । अलपत्र भबनको सर्वप्रथम दिर्घकालीन सोचसहित भवन मर्मत गरी सञ्चालनमा ल्याएको साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । सहकारीले केहि महिनामै जिल्लामा उत्पादन भएका हरेक विक्रीयोग्य सामाग्रीहरु उक्त पसलमा राख्ने र तोरीको अर्गानिक तेल खुवाउनको लागि सहकारीले आफ्नै लगानीमा मिल संचालनको तयारी अन्तिम चरणमा पुगेको रुद्र श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img