१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

रवि लामिछाने कात्तिक २० र राजेन्द्र लिङदेन २४ गते सन्धिखर्क आउँदै

घनश्याम पौडेल
अर्घाखाँची, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अर्घाखाँचीमा आउँने भएका छन् । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेलमा हुने खुल्ला सभालाई सम्बोधन गर्ने तयारी रहेको छ। अर्घाखाँची जिल्लाबासीको गुनासो पनि लामिछानेले बुझनेछन् । लामिछाने अर्घाखाँचीमा पहिलोपटक आउँदै छन् ।

लामिछाने सहित प्रतिनिधीसभा सदस्य डा. तोसिमा कार्की, केन्द्रीइ सदस्य अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल किशोर शाह, मानव तथा वन्यजन्तु द्धन्द्ध व्यवस्थापन होम क्षेत्री पनि अर्घाखाँची आउँन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका संयोजक हरिपसाद भुसालले जानकारी गराए । लामिछाने आउँने भएसँगै स्वतन्त्र पार्टी अर्घाखाँचीले प्रचारप्रचार सहित अन्य तयारी गरिरहेको छ ।

लिङदेन पनि अर्घाखाँची आउँदै

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि अर्घाखाँची आउँदै छन् । लिङदेन कात्तिक २४ गते अर्घाखाँची आउँन लागेको राप्रपा अर्घाखाँचीले जनाएको छ। सन्धिखर्क टुडिखेलमा हुने खुल्ला सभालाई लिङदेन सहित उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुवँरले बताए । दुई दलका शिर्ष नेताहरु अर्घाखाँची आउँन लागेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️