१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

प्रथम गुल्मी महोत्सव शुरु

गुल्मी । प्रथम ऐतिहासिक गुल्मी महोत्सव आज बुधवारदेखि शुरु भएको छ । गुल्मी उद्योग सङ्घको आयोजनामा शुरु भएको महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँडौँ रेसुङ्गा अभियान’ लाई प्रवर्द्धन गर्न र जिल्लामा लगानी सम्भावनाको खोजीका लागि महोत्सव गर्न लागेको गुल्मी उद्योग सङ्घका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

महोत्सवको शुभारम्भमा गुल्मीको ऐतिहासिक एवम् धार्मिक स्थल तम्घास्थान मन्दिर परिसरबाट विभिन्न समुदायका झाँकी र बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बताए ।

धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको पहिचान गर्दै लुकेर रहेका उद्योग व्यवसायको प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भनाइ छ ।

महोत्सवमा सांस्कृतिक झाँकीको प्रर्दशन, होमस्टेका परिकारको प्रवर्द्धन, साना तथा मझौला उद्योगहरूको कला र सीप प्रदर्शन गर्नुका साथै पालिकामा उत्पादित मुख्य वस्तु तथा सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

महोत्सवमा तीन सय २० वटा स्टल रहेका छन् । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्नुका साथै ६० करोड रुपैयाँ बराबरको कारोबार हुने आयाेजककाे अपेक्षा छ । महोत्सवको पहिलो दिन दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img