घनश्याम पौडेल
अर्घाखाँची, १६ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा स्थानिय तह स्तरीय चौथौँ अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिताको सुरुवात भएको छ । अर्घाखाँची युवा परिषद्द्धारा आयोजना भएको चौथो एवाईसी तिलक स्मृती भलिबल प्रतियोगिता खेलमा सन्धिखर्क, भुमिकास्थान, शितगंगा नगरपालिका र पाणिनी, छत्रदेव, मालारानी गाउँपालिकाको टिम सहभागी भएका छन् ।
हरेक वर्ष सञ्चालन हुदैँ आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख रुपैँया पुरस्कार रहेको आयोजक संस्थाका अध्यक्ष काजी श्रेष्ठले बताए । २०७४ मा भुमिकास्थान, २०७५ र ०७६ सालमा शितगंगा नगरपालिका विजयी भएको हो ।
लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल हुदैँ आएको अर्घाखाँची युवा परिषद्ले खेलकुद तथा सास्कृतिक, धार्मिक तथा अन्य सामाजिक सरोकारका सामाजिक कार्यहरु गर्दे आएको छ । भलिबलको जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईरालाले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै हरेक किसिमका खेल महत्वपुर्ण हुने बताए ।
खेल ३ दिनसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । सर्वोत्कृष्ट राशीको भलिबल खेल कोरोनाका कारण ३ वर्षसम्म स्थगित भएको खेलले अहिलदेखी निरन्तरता पाएको छ । उद्घाटन सत्रसँगै भएको पहिलो खेलमा २ सेटमा नै मालारानीलाई पराजित गर्दै शितगंगा नगरपालिकाले जित हासिल गरेको हो । दोस्रो खेलमा सन्धिखर्क नगरपालिकालाई पराजित गर्दै पाणिनी गाउँपालिकाले जित हासिल गरेको हो ।
उद्घाटन कार्यक्रम अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता, पुर्व अध्यक्ष कृष्ण भुसालको स्वागत र महासचिव प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, खेलकुद विकास समितीका अध्यक्ष विष्णु क्षेत्री, पत्रकार महासंघका अध्यक्ष अशोक खनालले शुभकामना मन्तव्य राखेका थिए । १७ गते बिहान ८ बजेबाट पुनः सुरु हुने खेलमा भुमिकास्थान नगरपालिका र छत्रदेव बिँच खेल सुरु हुने छ ।