१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताए ।

आज बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्ने बताए । उनले सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताए ।

‘अदालतले गरेको फैसलाई सरकारले सम्मान गर्छ, सरकारले निर्णय गरेका कतिपय विषय अदालतमा जान्छन्, ज्वालाले भने । ती निर्णयमा कहिलेकाहीँ अदालतले फरक आदेश पनि गर्न सक्छ । हरेक विषयमा जोगिएर निर्णय गर्नुपर्‍यो । संविधान, नियम, कानुनलाई ध्यानमा राखेर निर्णय गर्नुपर्‍यो । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन, यस सम्बन्धमा सरकारले निर्णय गर्दा अझै राम्रोसँग विचार गर्नुपर्थ्यो । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

रिगललाई सरकारको सिफारिसमा गएको असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img