१० असार २०८१, सोमवार
१० असार २०८१, सोमवार
spot_img

भूकम्प प्रभावितका लागि नेविसंघद्वारा ७ लाख ११ हजार आर्थिक सहयोगको घोषणा

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले भूकम्प प्रभावितलाई आर्थिक सहयोगको घोषणा गरेको छ। जाजरकोट, पश्चिम रूकुम लगायतका जिल्लाका प्रभावितहरूको लागि नेविसंघले आर्थिक सहयोगको घोषणा गरेको हो।

तत्कालका लागि ७ लाख ११ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । त्यसका लागि ७०३ जना केन्द्रीय सदस्यबाट १ हजारका दरले उठाईने नेविसंघ केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए।

नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम पनि स्थगित गरेको छ। भूकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रीत हुन पदस्थापना स्थगित गरिएको उनले बताए। भूकम्प प्रभावित क्षेत्रमा जुट्न मातहतका इकाईलाई निर्देशनसमेत दिएको छ। नेविसंघले थप आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने बिषयमा तयारी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img