लुम्बिनीका कर्मचारीले ३ दिनकाे तलब भूकम्प पीडितलाई दिने

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रका भूकम्प पीडितलाई राहत दिने भएका छन् ।

प्रदेशमा कार्यरत सबै कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको तलब भूकम्प पीडितलाई दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए ।

आज बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्योभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँदेखि १० औँ तह वा त्यो सरहसम्मका कर्मचारीले दुई दिनको तथा सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितलाई दिने भएका हुन् ।

कर्मचारीले दिने रकम कर्णाली प्रदेश सरकारको विपद‍् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img