काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै नयाँ आन्दोलन सुरु गर्ने बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारबाटै नयाँ आन्दोलन सुरु गरेर ०८४ को निर्वाचन पछी पनि ०६४ मा जस्तै सरकारको नेतृत्व गर्ने दाबी गरे ।
०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताउँदै २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ जस्तै एक्लै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुआत गरेको र अझै नयाँ आन्दोलनको सुरुआत गर्ने दोहोराउँदै भने म प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य रहेको बताए ।
पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको भन्दै राजश्व तथा पर्यटनमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको जिकिर गरेका छन् ।