२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

कांग्रेस धातिवाङ्गको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

पाणिनी, कात्तिक २६ । नेपाली कांग्रेस वडा कार्य समिति पाणिनी ०६ धातिवाङ्गको आयोजनामा विजयादशमी,शुभदिपावली, छठपर्व २०८० तथा नेपाल सम्वत् ११४४ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ अर्घाखाँचीका पुर्व अध्यक्ष एवम् राष्ट्रिय भुमि आयोग अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरेले जनाताको भेटघाटको दिनलाई यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै नेपाली कांग्रेसले सुरु गरेको यो प्रचलनलाई अन्य राजनीतिक दल र संघसंस्थाहरुले गर्न लागेको बताउनुभयो । पार्टी मात्रै नभएर सबै जनतालाई समेटेर आगामी दिनमा यस्ता कार्यक्रम गर्न वडा कार्यालयलाई सुझाव दिदै विजयादशमी शुभदिपावली छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो ।

पाणिनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले हामीहरु निर्वाचित भएर आएको दोस्रो वर्षमा प्रवेश गरेका छौं, पहिलो वर्षमा गरेका केहि कामहरूमा सकारात्मक र नकारात्मक टिप्पणीहरु आएकोले सहिलाई सहि र गलतलाई गलत भन्न सक्नुपर्ने बताउदै जनताको समस्यामा वडा कार्यालय निरन्तर लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा पाणिनी गाउँकार्यपालिका सदस्य तारा पौडेल, पाली प्रहरी चौकी प्रमुख राकेश ठाकुर, धातिवाङ्ग स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेल, नेकपा एमाले अनेमसंघ धातिवाङ्ग अध्यक्ष गोमा पौडेल, कांग्रेस पाणिनी गाउँपालिका उपसभापति एवम् वडा सदस्य खगेश्वर पौडेल, नेपाल निजामती कर्मचारी युनियन पाणिनी गाउँपालिका सभापति मेघराज पौडेल,नेपाल शिक्षक संघका नेता हिमलाल पौडेल, वडा सदस्य हरि प्रसाद पौडेल,दलित प्रतिनिधि हिमाल परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम कार्यवाहक सभापति तारापती पौडेलको अध्यक्षता, उपसभापति लिलापती पौडेलको स्वागत मन्तव्य एवम् गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img