गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। रेसुंगा नगरपालिका- ४ घर भई महेन्द्र माविमा कक्षा- १२ मा अध्ययन गर्ने १९ वर्षीय विवेक झाँक्रीमगरको मृत्यु भएको हो।

रेसुंगा नगरपालिका– ४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख ९४७५ नम्बरको बससँग तम्घासबाट सेउघा जाँदै गरेको लु.८७प ९८१ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलचालक झाँक्रीमगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

मृतक झाँक्री बिहान कलेज अध्ययन सकिएपछि घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रधानले बताए।

मृतक झाँक्रीमगरको शवलाई गुल्मी अस्पताल तम्घासमा पोस्टमार्टम गरिँदै छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img