हिन्दु धर्मका विषयमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा

नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्मका विषयमा छलफल गर्न सकिने बताएका छन्। कांग्रेस नवलपरासी ९पूर्व०को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले धर्म निरपेक्षता, संघीयतालगायतका विषयमा छलफल वा पुनर्विचार गर्न सकिने बताए।

केही समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने विषयमा विरोध प्रदर्शन गरिरहेका बेला देशकै ठूलो पार्टीका सभापतिले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले संविधानले नै राजा हटाउने निर्णय गरेको भन्दै कसैले भन्दैमा राजतन्त्र भने नफर्किने स्पष्ट पारे। नेपालमा राजा फर्काउने कुरा सोच्न पनि सकिँदैन। धर्म निरपेक्षता, हिन्दु धर्म, संघीयतालगायतका विषयमा छलफल एवं पुनर्विचार गर्न सकिन्छ,ु उनले भने। नेपाल गणतन्त्र निर्विकल्प रहेको उनको भनाइ छ।

संविधानसभाले नै निर्णय गरी संघीय गणतान्त्रिक मुलुक बनेकाले नेपालमा फेरि राजतन्त्र फर्किने गुन्जायस नरहेको उनको भनाइ छ। सभापति देउवाले समसामयिक राजनीतिक विषयमा नबोलेकोप्रति जनताहरूले आफूलाई गुनासो गर्ने गरेको बताए। उनले विषयको गम्भीर्यता अध्ययन नगरी ओठे जवाफ दिनुको कुनै औचित्य नरहेको प्रष्ट पारे।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा थोरै समय रहेर आफ्ना भनाई राखेका देउवाले कांग्रेस आपसी मतभेद् र झगडाले कमजोर बनेको बताए। उनले नेपालको विकास र स्थिरताका लागि संघीयतालाई मजबुत बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवासहित महामन्त्री गगनकुमार थापा, संघीय सांसद विनोद चौधरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद डा। शशांक कोइराला, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img