१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा देउवा, शेखर, गगन, विश्वप्रकाश आउँने

बुटबल । नेपाली काँग्रेसको बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेश सभापति अमरसिंह पुनले बताए ।

काँग्रेसले यही मङ्सिर १६ र १७ गते बुटवलमा सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले बताए । काँग्रेसले देश सङ्घीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️