२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार
spot_img

पार्टीले दिने निर्देशन एउटै होस् : मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पार्टीले दिने निर्देशन एउटै नहुँदा काम गर्न समस्या भएको बताएका छन् । शनिबार बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै उनले केन्द्रबाट फरक फरक निर्देशन आउँदा कसको निर्देशन मान्ने भन्ने अन्योल भएको र काम गर्न समस्या भएको बताए ।

‘कमान्डर, सेकेन्ड र थर्ड नेताको केन्द्रबाट दिने निर्देशनले हामीलाई कसको निर्देशन मानौं भन्ने भयो । पार्टीको कमान्डर एउटा हुन्छ । तर यहाँ धेरै कमान्डर भए । सिपाही तितरवितर भए युद्ध मोर्चा सम्हाल्न सक्दैनन् । युद्ध हार्छन्,’ उनले भने, ‘त्यसैले संघबाट प्रदेशलाई दिने निर्देशन एउटै होस् ।’मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन भएको यति लामो समयसम्म पनि प्रदेश कसरी बलियो बनाउने तर्फ कसैको ध्यान नगएको भन्दै गुनासो गरे । संघले दिनुपर्ने धेरै अधिकार प्रदेशलाई हस्तान्तरण नगर्दा प्रदेश कमजोर बनेको उनले बताए । ‘अब कांग्रेसकै अगुवाइमा संघीयता कार्यान्वयनमा लैजान र प्रदेशलाई बलियो बनाउन लाग्नुपर्छ । प्रदेश बलियो भएमात्रै संघीयता बलियो हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img