बुटबल । रुपन्देहीको बुटबलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट अध्ययन गर्न आएका युवाहरुले हिन्दुहरुको महान पर्व तिहारको अबसरमा कला संस्कृतिको संरक्षण र सम्बर्द्धन युबा समुहले आयोजना गरेको मौलिक देउसि भैलो कार्यक्रम सञ्चालन गरेका थिए ।
विग्रीदै गएको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले संकलन भएको रकम बुटवल उपमहानगरपालिका अन्र्तगतमा रहेका दिन दुखि गरिब, असहाय र अपांग बेसहारालाई सहयोग गर्ने हेतुका साथ अभियान आयोजना गरेको थियो । उक्त समुहले उठेको रकमलाई कार्यक्रम गरि बुटवलमा रहेका ५ वटा संस्थालाई जिन्सि सामान हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा कला संस्कृति संरक्षण युवा समुहको मौलिक देउसि भैलो कार्यक्रमका संयोजक जिबन पाण्डेको अध्यक्षता, हस्तान्तरण गरिएका ५ वटै संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहसंयोजक शिब खवास, विभागिय प्रमुखहरु माधव केसि, गोपाल भण्डारी, खिमराज गिरि, अर्जुन पाण्डे ,कोषाध्यक्ष किरन एमसि लगाएतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै माधब केसिले सानो सहयोग भएपनि पनि दिन दुःखिको घाउमा मलम लगाउन सकिने बताए । कार्यक्रमको सञ्चालन अभियानका सचीव सुरज पन्थिले गरेका थिए ।