घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाकाले वडामै एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । ८ वटा वडाहरु रहेको छत्रदेवमा वडा वडामा पुग्ने घुम्ती सेवा शिविर मार्फत योजना सम्झौता, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, व्यवसाय नविकरण, गोबर परिक्षण र रेविज खोपको सेवा वडामै उपलव्ध गराई जनतालाई सहजता दिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
छत्रदेव गाउँपालिकाले मंसिर २० गतेबाट वडा वडामा सुरु गरेको शिविर मंसिर २७ गतेसम्म सञ्चालन गर्नेछ । छत्रदेवको वडा नं. १ चिदिका, वडा नं. २ बल्कोट, वडा नं. ३ बल्कोट दुन्द्रुकमा क्रमशः मंसिर २०, २१ र २२ गते सम्पन्न गरेको छ ।
वडा नं. ४ केरुङ्गा, वडा नं. ६ ठुलापोखरा, वडा नं. ७ भवगती र वडा नं. ८ अर्घातोषमा क्रमशः मंसिर २४, २५, २६ र २७ गते सञ्चालन गर्ने प्रप्रअ घिमिरेले बताउँनुभयो । गाउँपालिकामा आएर गर्नुपर्ने काम वडामा सहजतापुर्वक एकैदिनमा सम्पन्न हुदाँ स्थानिय बासिन्दा सहित ज्येष्ठ नागरिकहरु लाभान्वीत भएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउँनुभयो । गाउँपालिकाले हरेक वर्ष वडा-वडामै शिविर गर्ने गरेको छ ।