गगन थापा भन्छन्– शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । आज बसेको संस्थापनइतरको बैठकमा उनले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे ।

“संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

त्यसैले अब जतिसक्दो छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले आफू समूहमा बफादार रहेको पनि बताएका छन् ।

“समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ? साथीहरूले धेरै खेल्दिनुभएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img