बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

आज बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएपछि खाण सात महिनापछि छुट्ने भएका छन् ।

यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि सुनुवाइ आजका लागि सारिएको थियो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मङ्सिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img