लोकतन्त्र सफल बनाउन समावेशी र समानुपातिककाे व्यवस्था : देउवा

पोखरा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था राखिएको बताएका छन् । पोखरामा मंगलबार कांग्रेसको पहिलो गण्डकी प्रदेश सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि देउवाले त्यसको खण्डन गरेका हुन् ।‘हाम्रो पार्टीको लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने, ‘मल्टीपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझै पूर्ण रुपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति, अपांग, सबैलाई एकसाथ लैजानुपर्छ ।’

यस्तो अवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो हुने भएकोले अरु पार्टीसँग मिलेर जानुपर्ने बाध्यता र आवश्यकता दुवै भएको उनले बताए । आफ्नै पार्टीभित्र अन्तर्घातको रोग रहेकोले त्यसलाई निर्मूल गरेर अझै ठूलो पार्टी बनाउनुपर्ने उनले उल्लेख गरे ।

प्रदेश सम्मेलन गर्ने क्रममा देशैभरि कांग्रेसप्रतिको उत्साह र आकर्षण बढेको बताउँदै सभा सम्मेलनमा ठूलो सहभागिताले महत्त्वपूर्ण सन्देश दिएको उनले बताए । ‘अहिले देशमा मात्र नभई विदेशमा पनि कांग्रेसको स्थितिप्रति चिन्ता र चासो छ,’ उनले कार्यकर्तालाई भने, ‘हाम्रो पार्टीलाई जसरी भए पनि अब एक गराएर, आपसमा मेलमिलाप गराएर अबको चुनावमा भरसक बहुमत, नभए सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि लागौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img