घनश्याम पौडेल
अर्घाखाँची, ६ पुस । पाणिनी गाउँपालिका खिदिमका ५८ वर्षीया बलबहादुर कामीले निःशुल्क आँखा उपचार हुन्छ भन्ने जानकारी पाए । सामाजिक सञ्चालमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना थाहा पाएकै भरमा शिविरमा आए । नाम दर्ता गराए, डाक्टरको सल्लाहअनुसार मोतियाविन्दुको अप्रेसन गर्ने भए । अप्रेसनको सफल उपचारपछि खुशी हुदैँ भने,’ आँखाको अपरेसन सित्तैमा पाइयो।अब अरुले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ ।’
कृषक पेशा बाहेक अन्य आम्दानीको स्रोत नभएका विकले ४ वर्ष अगाडी दाव्रे आँखाको अप्रेसन तम्घासमा गराए थिए । ३ वटा बाख्रा र १ हल गोरु पालेका कामीको आम्दानीको श्रोत थिएन् ‘भैरहवा गएर अप्रेसन गर्न पैसा थिएन, घर नजिकै भएको शिविरमा हिडेर आए, ट्याक्सी रिजर्भ गर्ने पैसा पनि थिएन, कामीले भने ।’
आँखाको ज्योति पुनः पाएपछि खुसी हुँदै उनी आफ्नी श्रीमतीको हात समाई घर फर्किए । पाणिनि–५ मैदान भर्तापुरका नरपति गैरे र तिलि गैरे श्रीमान् श्रीमती हुन । उनीहरु ८६ वर्ष र ७८ वर्षका भए । दाव्रे आँखाको अप्रेसन भैरहवामा गर्दा करिब २५ हजार खर्च भयो, अहिले निशुल्क भयो उनीहरु खुसी भए । अटो रिजर्भ गरेर दुई हजारमा आयौँ, बुढाबुढीको नै अप्रेसन भयो, गैरे परिवार खुसी भए ।
यि उदाहरणीय पात्रहरु जस्तै पाणिनीको दुर्गाफाटमा भएको निशुःल्क आँखा शिविरमा ३० जनाको अप्रेसन भयो । सबैको अप्रेसन विशेषज्ञ सहित भैरहवाबाट आएको डाक्टर टोलीले ग¥यो । पश्चिम नेपाल विकास ट्रष्टको आयोजना, नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोग र पाणिनी गाउँपालिकाको व्यवस्थापनमा भएको आँखा शिविरमा स्थानिय बासीन्दाको उत्साहपुर्वक उपस्थिती थियो ।
जिल्लाका ६ वटै स्थानिय तहमा निःशुल्क आँखा शिविर गर्दै आएका छौँ, ग्रामिण भेगमा पनि बिरामीहरु अप्रेसन तथा आँखा चेकजाँचका लागी आउँनुभएको छ, नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आखाँ अस्पतालका प्रमुख सागर घिमिरेले भने । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको घिमिरेको भनाई छ ।
शिविरको उद्घाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाको एक्लै पहलबाट शिविर सञ्चालन हुन नसक्ने भएकाले सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । भैरहवा, काठमाडौं जस्तै सुविधा सम्पन्न विशेषज्ञ सहित शिविर भएकाले ढुक्क भएर आखाँ जाँच गर्न आग्रह गर्दै निशुल्क रुपमा अप्रेसन, डाक्टरको सिफारिस अनुसार चस्मा, औषधी ४८१ जनालाई वितरण गरिएको आयोजक संस्था पश्चिम नेपाल विकास ट्रष्टका सचिव पदम घिमिरेले बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, संस्थापक गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, पश्चिम नेपाल विकास ट्रष्टका अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष माधवप्रसाद आचार्य लगाएतको उपस्थिती रहेको थियो ।