रैनादेवी छहरा-२ सोमादीको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगको स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि निर्माणका काम ठप्प भएको छ । पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै शनिबार स्थानीय बासिन्दाले सिजी सिमेन्ट उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन । स्थानीय बासिन्दाले धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय बिजय ज्ञवालीले जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिकाका-२ वडाअध्यक्ष दान बहादुर पौडेल स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिहरु बिच छलफल भइरहेपनि सहमती हुन नसक्दा स्थानीय युवाहरुले कार्यालयमा ताला लगाएका छन ।

वडा अध्यक्ष दान बहादुर पौडेलले जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समस्या समाधान गर्ने पहल गरेको र स्थानीय सरकारले कम्पनी संग समन्वय गरेर वातावरणीय प्रदूषण कम गराउने धुलोधूवाँले पारेको असर प्रति सजग गराएको र केही दिन समय दिदा पनि मागप्रति वेवास्ता गरे आफुपनि स्थानीय बासिन्दाको पक्षमा रहेर दवाव दिने बताए ।

यो बिषयमा कम्पनीका प्रतिनिधि पदम बहादुर सिंहलाई प्रश्न गर्दा सोमादीको सर्देवामा सिजि सिमेन्ट उद्योगले झण्डै ५ सय रोपनी जग्गा खरिद गरेर काम गरेको बताउदै कम्पनी अहीले सूरुवाती चरणमा भएको हुदा केही समस्या भएको र चाडै यस बिषयमा प्राबिधिकहरुको टोली लिएर समस्या हल गर्ने बताउदै गाउँपालिका भित्रका बिधालयहरुमा आबश्यक सहयोग गरेको स्वास्थ्य जस्तो संबेदनशिल बिषमा एम्बुलेन्स मार्फत सेवा दिएको समेत बताउदै कम्पनीले पनि बाटोमा दैनिक पानी छ्यापेर धुलो न्युनीकरण गरेको ढल ब्यावस्थापन गरेको स्थानीयहरु समेत रोजगारमा जोडेर स्थानीयहरुकै सहयोगमा कम्पनी चल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img