अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालित अभियान “पर्यटन प्रवर्द्धन कार्यक्रम २०८०” अन्तर्गत भोलि देखि जिल्लाका ६१ वटै वडामा स्थलगत रिपोर्टिङ तथा अन्तरक्रिया सुरु गर्ने भएको छ ।
जिल्ला स्थित पत्रकारहरुको छुट्टाछुट्टै समूह बनाएर जिल्लाका सम्पूर्ण वडाहरुमा पुस १८ गते सम्म अन्तरक्रिया तथा रिपोर्टिङ हुने अभियानका प्रबक्ता हृदय कुमार भुसालले जानकारी दिए ।
वडाहरुमा भएका सम्पूर्ण पर्यटकिय स्थलहरुको विवरण संकलन गरिने भुसालको भनाइ छ । उनका अनुसार यसरी वडाहरुबाट प्राप्त विवरणको आधारमा पर्यटकिय गन्तव्यहरुको प्रोफाइल तयार गरिने छ ।
जिल्ला समन्वय समिती अर्घाखाँची संरक्षक र नेपाल पत्रकार महासंघ अर्घाखाँची साथै जिल्लाका ६ वटा स्थानिय तह, राजनैतिक दल र अन्य सरोकारवाला निकाएको साझा प्रयासमा संचालन हुन लागेको “आर्थिक बिकास, पर्यटन प्रवर्द्धन, स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम २०८०” मा विभिन्न कार्यक्रमहरु गरिने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारि दिए ।
माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अर्घाखाँची पर्यटन प्रवर्द्धन अभियानमा के के कार्यक्रम गरिदै छ त ?
√ पर्यटन बिकास तथा प्रर्वद्धन सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने
√ अर्घाखाँची जिल्लाको पर्यटनको बर्तमान अबस्था वारे जिल्लास्तर पालिका र वाडस्तरमा जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी पर्यटन ब्यवसायी, निजी क्षेत्र, पर्यटकिय स्थलका ब्यवस्थापन समिती र संरक्षक सहित अन्य सरोकावाला संग बिभिन्न चरणमा अन्तरकृया तथा बैठकहरुको आयोजना गर्ने ।
√ जिल्ला स्तरिय पर्यटन प्रचार प्रशार समिती बिभिन्न सरोकारवाला सहित निमार्ण गर्ने र अभियानलाई ब्यवस्थित गर्ने ।
√ पर्यटन प्रवर्द्धन अभियानका लागी एक सल्लाहकार समिती, एक निर्देशक समिती र अन्य उपसमिती बनाई कामलाई ब्यवस्थित गर्ने ।
√ पर्यटन बिज्ञ, पर्यटन पत्रकार समुह र अन्य पर्यटन संग जानकार भएका व्यक्तीहरु संग पटक/पटक भेटघाट बैठक सुझाब लिने र आबश्यक योजना बनाउने ।
√ जिल्ला र अन्तर जिल्लाका पत्रकार, मिडिया कर्मि बिच जिल्लाको पर्यटनका अबस्था/रिपोटिङ्ग त्यसको प्रभाव र बिगतको पर्यटन समाचार प्रकाशन / प्रशारण वारे छलफल तथा बिभिन्न चरणका बैठक तथा ज्ञान सिप आदान प्रदान गर्ने ।
√ जिल्लाका करिब ७० जना पत्रकारहरुलाई पर्यटन रिपोटिङ्ग सम्बन्धी तालिम संचालन गर्ने ।
√ मिडिया कर्मि र निजीक्षेत्र, पर्यटन ब्यवसायी बिच पटक पटक बैठक वस्ने तथा छलफल गर्ने ।
√ जिल्लाको पर्यटकिय गन्तब्यको नक्साक्न गर्ने ।
√ नेपाल एसोशियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स लुम्बिनी प्रदेशको टिम र सो संग सम्बन्धित सरोकारवालाहरु संग बैठक तथा छलफल गरि आबश्यक अन्य ठोस योजना बनाउने ।
√ जिल्लाका पर्यटकिय गनतब्यको प्रोफाईल तयार गर्ने ।
√ अभियानका मुख्य प्रचार टिम पत्रकारकै करिब १०० सम्मको बनाउने ।
√ होटल ब्यवसायी संग बैठक बसी यो अभियानमा होटलमा बिशेष छुट सहितको प्याकेज बनाउन आग्रह गर्ने । होटल अर्घाखाँचीको एप्स बनाउ आग्रह गर्ने त्यसका लागी सहयोग गर्ने
√ पत्रकारको प्रचार प्रमुख टिमले दैनिक एउटा समाचार अनिवार्य बनाउनका लागी सोही अनुसारको योजना बनाउने ।
√ पत्रकार टिमलाई पर्यटन प्रर्वद्धनका लोगो सहितको ज्याकेट, टोपी झोला, ब्याच र कलम उपलब्ध गराई पहिँचान सहित करिब २ महिना पर्यटन रिपोटिङ्गका लागी फिल्डमा पठाउने ।
√ जिल्लाको पर्यटनका पहिचाहन गर्ने गरि ब्रोसर, डकुमेन्ट्री बनाउने ।
√ नेपाल सरकारका सम्माननिय प्रधानमन्त्रीबाट अभियानको सुभारम्भ आगामी माघ १ गते सन्धिखर्कमा गर्ने ।
√ पर्यटन सम्बन्धी कलाकार द्वारा जिङ्गल निमार्ण गरि करिब २ महिना टेलिकमसंग सम्झौता गरि बजाउने ।
√ जिल्ला भित्रने प्रवेश द्धारा देखी सदरमुकाम र अन्य मुख्य स्थानहरुमा होडिङ्ग बोड,फलाक्स वोर्ड, र केही मुख्य ठाउँमा टिजिटल बोर्ड राख्ने ।
√ जिल्लाका पर्यकिय स्थलहरुको फोटो प्रर्दशनी कार्यक्रम गर्ने ।
√ जिल्ला स्तरिय प्रर्यटन प्रवर्द्धन सामाजिक संजाल प्रतियोगिताको आयोजना गर्ने मापदण्ड बनाई प्रचारको आधारमा पुरस्कृत गर्ने । सो बिषयका समाचार बनाउने ।
√ जिल्लाका माध्यमिक बिधालयमा पर्यटन बिषयक निबन्ध, बक्तीत्वकला र चित्रकला प्रतियोगीताको आयोजना गर्ने गराउने र पुरस्कारको ब्यवस्था गर्ने उत्कृष्ट प्रतिभाको मिडियाद्धारा प्रतिभा प्रकाशन / प्रशारण गर्ने ।
√ जिल्लाका प्रमुख पयर्टकिय गनतब्यमा एकैपटक जिल्लाको सवै पत्रकारको टिम पुगी सरोकारवालाहरु सहित रिपोटिङ्ग गर्ने र प्रचार कार्यलाई तिब्र बनाउने ।
√ देशका मुख्य १० शहरमा जिल्लाका कम्तीमा १२ जनाको टोली गई प्रचार सामाग्री सहित अन्तरकृया र छलफल र स्वागत अर्घाखाँची कार्यक्रम संचालन गर्ने ।
√ भारतका कुनै २ ठाँउमा प्रचार प्रचार कार्यक्रम गरि स्वागत अर्घाखाँची अभियान बनाउने।
√ welcome to Arghakhanchi website संस्थागत रुपमा संचालनमा ल्याउने ।
√ स्थानिय उत्पादनको केही स्थानमा रैथाने खाना महोत्सव गर्ने ।
√ संचार पर्यटन प्रवर्द्धन पदयात्रा गर्ने ।
√ पर्यटन प्रवर्द्धनका लागी शान्ती दिप प्रज्वलन् सन्धिखर्कमा गर्ने ।
√ यातायात क्षेत्र संग स्वागत अर्घाखाँची प्रचार कार्यक्रमका लागी ब्याज ब्यानर सहित साझेदारी कार्यक्रम बनाउने ।
मुख्यगरि लुम्बिनी र सुपादेउराली मन्दिरमा सुचना डेक्स तयार गर्ने ।
√ नगर र जिल्ला स्तरमा पनि पर्यटन प्रवर्द्धन समिती निमार्णका लागी पहल गर्ने ।
√ मिडिया र पर्यटन बिषयक २ महिने रेडियो कार्यक्रम जिल्लाका सवै रेडियो प्रशारण गर्ने गरि संचालन गर्ने ।
√ जिल्लाबासी जिल्ला बाहिर रहेर पेशा ब्यवसाय गर्दै आउनु भएका हरु संघ छलफल गरि पर्यटन प्रवर्द्धनका लागी संमिती बनाई जिल्लामा स्वागत कार्यक्रम बनाउने ।
√ दैनिक ५ मिनेट जिल्लाका मुख्य मिडिया बाट पर्यटन डायरी समाचार बुलेटिन बनाई प्रकाशन तथा प्रशारण गर्ने ।
√ जिल्लाबाट संचालन हुने अनलाईन मिडिया र सामाजिक संजाललाई बुष्ट गरि प्रचारलाई थप प्रभावकरी बनाउने ।
यो अभियानमा भए गरेका कार्यप्रगती बिभिन्न डकुमेन्ट, पर्यटन प्रोफाईल जिल्ला पर्यटनका लागी चाहिने अन्य आबश्यक सामग्री सहित पर्यटन जिल्ला सुचना केन्दको निमार्ण गरि आबश्यक बजेट बिनियोजन गरि जिल्ल्ला समन्वय समितीमा एउटा कार्यालय नै ब्यवस्थापन गरि जिम्मा लगाउने अभियानको योजना रहेको छ ।