१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार
spot_img

रजत महोत्सव २०८० सम्पन्न

काठमाडौँ, पौष २४ । नेपाल ज्योतिष परिषद्को २६ औँ बार्षिकोत्सव तथा रजतमहोत्सव समारोह २०८० भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवको उद्घाटन गर्दे नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताए । उनले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यसभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या हो । समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ । ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको केही संकेत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक छ । उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

परिषद्को मुखपत्र ज्योतिष सन्देश विमोचन, रजत महोत्सव लोगो वितरण लगायत परिषद्लाई महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा.लोकराज पौडेल, वर्तमान अध्यक्ष ज्यो.माधवरज पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धिताल, प्रथम उपाध्यक्ष एवम् रजत महोत्सव आयोजक समितिका संयोजक सन्तोष वाशिष्ठ, महासचिव कमलप्रसाद काफ्ले लगायतका वक्ताहरुले परिषद्लाई आजका दिनसम्म राज्यले कुनै पनि सहयोग नगरेको बताउदै परिषद्लाई आधिकारिक नियमन संस्थाका रूपमा विकास गर्दै ज्योतिष विधालाई थप व्यवस्थित गर्दै लैजाने बताएका थिए । आगामी दिनमा परिषद् र ज्योतिष विधाको प्रचारप्रसारको लागि सरकारको साथ आवश्यक रहेको समेत बताए ।

कार्यक्रमको सहजीकरण भने आचार्य लक्ष्मण पन्थी र शिवलाल पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img