प्रचण्डले उद्घाटन गर्ने पर्यटन प्रवर्द्धन अभियान अर्घाखाँची- २०८० निर्देशक समितिको पुर्वतयारी बैठक सम्पन्न

नेत्र प्रसाद मरासिनी
सन्धिखर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा समुद्घाद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन  २०८० को लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निर्देशक समितिको वैठक सम्पन्न भएको छ ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८०“ अभियानले अर्घाखाँचीका धार्मिक, ऐतिहारिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्नेछ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रम माघ १ गते सन्धिखर्कको टुँडीखेलमा उद्घाटन गरी शुभारम्भ गरिनेछ ।

कार्यक्रमलाई सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा कार्यक्रमका निर्देशक जीवनारायण कोईरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समितिको चयन समेत गरिएको छ । जसमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अभियानका प्रवक्ता हृदयकुमार भुसाल रहेका छन् ।

वैठकमा  ६ वटै स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो । बैठकले कार्यक्रम उद्घाटन पूर्वको विभिन्न कार्यक्रमहरुको तयारी समेत गरेको छ ।  जसमा पुस २७ गते पर्यटन प्रबद्र्धन सम्बन्धि निर्माण गरिएको गीतको शुभारम्भ, २८ गते विहान प्रभात फेरी, २९ गते विहान सरसफाई सोही दिन दिउसो २ बजे मोटरसाईकल र्याली र साँझ दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता हृदयकुमार भुसालले जानकारी दिनुभयो । पर्यटन प्रबद्र्धन अभियान सम्पन्न गर्न र गराउन सबै पक्षलाई पत्रकार महासंघका अध्यक्ष अशोककुमार खनालले अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img