८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

प्रचण्डले उद्घाटन गर्ने पर्यटन प्रवर्द्धन अभियान अर्घाखाँची- २०८० निर्देशक समितिको पुर्वतयारी बैठक सम्पन्न

नेत्र प्रसाद मरासिनी
सन्धिखर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा समुद्घाद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन  २०८० को लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निर्देशक समितिको वैठक सम्पन्न भएको छ ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८०“ अभियानले अर्घाखाँचीका धार्मिक, ऐतिहारिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्नेछ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रम माघ १ गते सन्धिखर्कको टुँडीखेलमा उद्घाटन गरी शुभारम्भ गरिनेछ ।

कार्यक्रमलाई सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा कार्यक्रमका निर्देशक जीवनारायण कोईरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समितिको चयन समेत गरिएको छ । जसमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अभियानका प्रवक्ता हृदयकुमार भुसाल रहेका छन् ।

वैठकमा  ६ वटै स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो । बैठकले कार्यक्रम उद्घाटन पूर्वको विभिन्न कार्यक्रमहरुको तयारी समेत गरेको छ ।  जसमा पुस २७ गते पर्यटन प्रबद्र्धन सम्बन्धि निर्माण गरिएको गीतको शुभारम्भ, २८ गते विहान प्रभात फेरी, २९ गते विहान सरसफाई सोही दिन दिउसो २ बजे मोटरसाईकल र्याली र साँझ दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता हृदयकुमार भुसालले जानकारी दिनुभयो । पर्यटन प्रबद्र्धन अभियान सम्पन्न गर्न र गराउन सबै पक्षलाई पत्रकार महासंघका अध्यक्ष अशोककुमार खनालले अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img