१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार
spot_img

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँचीमा आउँने, पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन हुँदै

अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अर्घाखाँचीमा हुन थालेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न आउंदै छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्नका सन्धिखर्क टुडिखेलमा आउँने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।

अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका आयोजना हुन थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड आउँनेभएसँगै अर्घाखाँचीमा चहलपहल बढेको छ । सन्धिखर्कमा स्वागत गेट बनाईएको छ । प्रधानमन्त्रीले सन्धिखर्क टुडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ ।

जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ यो कार्यक्रम अगाडि बढाईएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली ल्याउने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य सबै धार्मिक पर्यटकिय गन्तव्यसम्म पुर्‍याउन कार्यक्रमले सहयोग पुग्ने जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले बताए ।

अर्घाखाँचीमा सुपादेउराली मन्दिर, पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको प्रतिपादन गरेको पाणिनि तपोभूमि, बाईसे–चौबिसे राज्यको अर्घा दरबार, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती, खाँची दरबार, जंगबहादुर राणा जन्मिएको लामपाटी पौवा, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, मालारानी मन्दिर यहाँका ऐतिहासिक क्षेत्र हुन्।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा, सिद्वेश्वर गुफा ढुङ्ढुङ्गे धातिवाङ्ग, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, स्फटिक शिवलिंग रहेको सिद्धेश्वर शिवालय, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं धार्मिक पर्यटकिय स्थल छन् ।

जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री वृत्तचित्र, ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, किचेनलगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केही स्थानमा पुगेर व्यापक प्रचारप्रसार गरिने आयोजकको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img