चौतारा, माघ ६ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति सिन्धुपाल्चोकले दोस्रो बार्षिकोत्सव समारोह चौतारामा भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले संस्थाहरू दर्ता धेरै हुने तर निरन्तरता भने कम मात्रै संस्थाले दिने बताउनुभयो । ज्योतिष परिषद् स्थापना कालदेखि नै निरन्तररुपमा आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले धर्मशास्त्रको निर्णय अनुसार गरिने यज्ञयागादी कर्महरु ज्योतिषशास्त्रले निर्णय गरेको समयमा गर्नुपर्ने बताउनुभयो ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले ज्योतिष पुर्ण विज्ञान भएको बताउँदै व्यक्तिहरुलाई मार्गनिर्देश गर्ने शास्त्र रहेको बताउनुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लाको लागी सहयोग आवश्यक परेको खण्डमा जुनसुकै प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
नेपाल ज्योतिष परिषद् वागमती प्रदेशका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले मुहुर्तविना मंगल कार्य गर्न नहुने बताउँदै त्यस्तो कार्य गराउने ज्योतिषी पण्डितहरुको निगरानी हुनुपर्ने बताउनुभयो । धर्म जागरण र ज्योतिषशास्त्रको संरक्षणका लागि ब्राह्मण पण्डितहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद् वागमती परिषद्का महासचिव भिमप्रसाद पौडेल, प्रदेश सदस्यद्वय हरिप्रसाद पौडेल, हरिप्रसाद सापकोटा, पौडेल वंश महासंघ नेपाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी हरि गोपाल, कमल चरण कक्षपती, साहित्यकार सम्भुप्रसाद सुवेदी ,नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष जितबहादुर पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष गणेश प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष नारायण दत्त ढुंगानाको स्वागत मन्तव्य, सचिव सुर्य पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियोे ।
बार्षिकोत्सव समारोह पछी बसेको बैठकले जिल्ला शाखा पुनर्गठन समेत गरेको छ । अध्यक्षमा नारायण दत्त ढुंगाना, उपाध्यक्षमा गोविन्द आचार्य, सहसचिवमा हरि गोपाल र सदस्यमा सम्भुराज सुवेदीलाई मनोनीत गर्ने निर्णय गरेको जिल्ला कार्य समितिका सचीव सुर्य पौड्यालले जानकारी दिएका छन् ।