देवराज उपाध्याय
रामाय रामभद्राय रामचन्द्राय वेधसे।
रघुनाथाय नाथाय सीतायाः पतये नमः॥
यही माघ ८ गते भारतको अयोध्यामा मर्यापुरुषोत्तम श्रीरामचन्द्रको मन्दिर निर्माण भईसकेर भगवान श्रीरामको मूर्ति प्राणप्रतिष्ठा सम्पन्न हुदैछ । हिन्दु धर्मशास्त्रको ज्योतिष गणना विधि अनुसार त्रेतायुगको अन्त्यतिर भगवान श्रीरामको जन्म भएको हो ।
प्राणिमा धर्मको भावना समाप्त भई सकेको अवस्था थियो यसै बेला अवधको अयोध्यामा राजा दशरथको घरमा मर्यादापुरुषोत्तमका रुपमा श्रीरामको जन्म भयो ।
विवाह पश्चात १४ वर्ष वनवासी भएर रामले आफ्नु कूल मर्यादा अनुसार वनवासी आदिवासी समुदाय र प्राणिहरुको कल्याण गर्नु भयो । वनवासमै रहदा धन सम्पदाले सम्पन लंकाका राजा रावणबाट अपहरित आफ्नी पत्नी सीतालाई रावण र उसको कुशासनबाट प्रशिक्षित अनुयायीहरुको बध गरेर आफ्नो राज्यमा ल्याउनु भयो । रामराज्यको अवधारणा भनेको सांस्कृतिक राष्ट्रवाद हो ।
सर्वभूतेषुः ह्द्देशेर्जुन तिष्ठति” यो भनाई अनुसार प्रत्येक व्यक्तिले अर्को प्राणिमा ईश्वरको वास छ भन्ने सोच्नु पर्दछ । राष्ट्रिय चरित्रको मूलधारमा ल्याउन रामचरितमानसमा प्रसिद्ध दोहा छ । सीयाराममय सव जग जानी करहु प्रनाम जोरी जुग पानि यसको अर्थ हो जव मानिसले सबै सबैमा सीताराम देख्दछ तव उ सबैसंग झुक्दछ सम्मान गर्दछ ।
वैष्णव वेदान्त भन्छ — भक्ति गर, भगवानमा लीन होऊ र मुक्ति प्राप्त गर। त्यसमा निषेध, विस्थापन र हिंसालाई कुनै ठाउँ नै छैन। धर्मका नाममा निषेध र हिंसा त हाम्रा मौलिक कुरै होइनन्। पश्चिमा द्वैतवादी एक ईश्वरीय धर्मबाट आयातीत कुरा हरू हुन्।
नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथप्रति अनादिकालदेखि रहँदै आएको विश्वासले नेपाल भारत सम्बन्धलाई अटुट राख्दै आएको छ । शताब्दियौंदेखि अयोध्या र जनकपुरको महत्व स्थापित छ । जसको प्रमाणित इतिहास छ ।
जनवरी २२ त्यही दिन अर्थात् माघ ८ गते वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ!
उक्त दिन कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिन सूचना मार्फत सबै सरोकारवालालाई अनुरोध गरिएको छ।
भारतको अयोध्यामा भगवान श्रीराम को मन्दिर बन्नु भनेको हामी सम्पूर्ण सनातनी हरुलाई गौरवको विषय हो
हामी सम्पूर्ण विश्वभरका सनातनी हरु एक हौं भनेर विश्वसामु चिनाऊँ !
सबैले भनौं….
जय श्री राम
जय श्री राम
जय श्री राम