२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार
spot_img

राप्रपाले चुनाव हारेपछि शाहीको आकोशः वृद्धाआश्रम जान छोडेर बानेश्वर आउँनुभएकोमा स्वागत !

काठमाडौं । आज भएको राष्ट्रिय सभाको निर्वाचनमा १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनको पक्षमा नतिजा आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आक्रोशित भएका छन् । चुनावी परिणामको नतिजा आएसँगै राप्रपाले कोशीमा एमालेसँग तालमेल गर्दापनि राप्रपा उम्मेदवार पराजित भएपछि आक्रोशित हुदैँ सामाजिक सञ्जालमा राष्ट्रिय सभा निर्वाचनलाई डम्पिङ साईडको सज्ञा दिएका छन् । उनले राष्ट्रिय सभामा विजयी उम्मेदवारलाई वृद्धाआश्रम जान छोडेर बानेश्वर आउँनुभएकोमा स्वागत गछौँ भन्दै व्यङयात्मक शैलीमा टिप्पणी पनि गरेका छन् ।

कोशीमा सत्ता गठबन्धन काँग्रेसका कृष्ण सिटौला विजयी भए भने, एमाले र राप्रपाको तालमेलबाट गठबन्धनका उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । राप्रपाका उद्धव पौडेलले सिटौलासँग चुनाव हारे । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भए । एमालेले जित्ने र राप्रपाले नजित्दा शाही आक्रोशित भएको काँग्रेसका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img