तेस्रो शितगंगा महोत्सव सुरु, मन्त्री रोज राणाले गरे उद्घाटन

घनश्याम पौडेल
अर्घाखाँची, १२ माघ । अर्घाखाँचीको शितगंगामा तेस्रो महोत्सव सुरु भएको छ । शितगंगामा कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८० भन्ने मुल नाराका संचालन भएको महोत्सवको लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोजराणाले उद्घाटन गरेका हुन ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले प्रदेशको विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । उनले भष्ट्रचारको अन्त्य सँगै प्रदेशबासीलाई सुखी र समृद्ध बनाउँनका लागी योजना लिएर अगाडी बढेको बताए ।

उनी भन्छन्, बिकास र समृद्धिका लागी प्रदेश सरकारले विशेष योजनाका साथ अगाडि बढेको भन्दै प्रदेश सरकारले प्रदेश आर्थिक विकासको कार्यक्रमलाई अगाडी बढाएको बताए ।

शिक्षालाई प्राविधिक, बैज्ञानिक,आधुनिक तबरले अगाडि बढाउन विशेष योजनाका साथ प्रदेश सरकार अगाडि बढेको भन्दै अर्घाखाँची जिल्लाको विकासका ठोस योजना लियर आउन समेत आग्रह गरे ।

कार्यक्रममा सितंगगा नगरपालिका नगरप्रमुख छबिलाल पौडेलले नगरको समृद्धीको आधार नै कृषि र पर्यटन भएको बताउँदै सुपादेउराली, डमरुदह, बराहदह क्षेत्र, पतञ्जली उत्पत्ती भएको ठाउँ शितगंगामा भएको बताए ।

उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य जमसेर मिया, नगर उपप्रमुख गिता भाट, नेपाली काँग्रेसका जिल्ला सचीव कृष्ण खनाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव हृदय भुसाल, नगरपालिकाका सबै वाडहरुको तर्फबाट सितगंगा २ का वाड अध्यक्ष राम बहादुर गोर्खाले महोत्सव सफलताको सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता, उपाध्यक्ष अर्जुन बुढाको संचालन साथै ऋषि घिमिरेको संचालनमा सम्पन्न भएको थियो । आगामी माग २२ गते सम्म संचालन हुने महोत्सवमा विभिन्न स्थानिय पहिचान बोकेका कला सस्कृतीहरुको प्रस्तुत साथै स्थानिय कलाकार हरुको प्रस्तुति समेत रहेने छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img