काठमाडौं । नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो।
अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
अफागनिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्यो।
नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।
नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू–१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई जितेको छ । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।
पहिला व्याटिङ्ग गरेको अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
यो खेल जितेर नेपाल सुपर–६ पुगेको छ। लक्ष्य पछ्याउनुअघि नेपालका कप्तान देव खनालले टिमलाई यस्तो अवसर जिन्दगीमा कहिल्यै नआउने भन्दै आफु र राष्ट्र सम्झिएर खेल्न आग्रह गरेका थिए ।