काठमाडौँ । अग्रजलाई सम्मान आफुभन्दा जुनियर लाई माया र प्रोत्साहन भन्ने मुल नारा सहित जन गायक मोतिराज खनाल चुनावी अभियानमा जुटेका छन । यही माघ २७ गते हुने अधिवेशनमा नेकपा एमाले अर्घाखाँची – काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा जन गायक मोतिराज खनालले उम्मेद्वारी दिने बताएका छन ।
उनले लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका छन । खनाल बिगतमा नेकपा एमाले अर्घाखाँची – काठमाडौं सम्पर्क मन्चको सांस्कृतिक बिभाग प्रमुख र सचिवालय भित्र बसेर काम गर्दै गर्दा पार्टीले राष्ट्रिय जन साँस्कृतिक महासंघको जिम्मेवारी दिएको थियो । अहिले उनी अर्घाखाँची काठमाडौ सम्पर्क मन्चलाइ कार्यकर्ताको भावना अनुसार लैजानुपर्छ पार्टी कसैको पेवा हैन सबै कार्यकर्ताले पार्टी हाम्रो हो भनेर गौरव गर्ने खालको बनाउनु पर्छ भन्दै सुधारका एजेन्डा बोकेर नेतृत्वमा बसेर सम्पर्क मन्चलाइ हाँक्ने मनसायले चुनावी मैदानमा होमिएका छन । युवानेता जनगायक खनाल निरङ्कुशता विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता थिय ।
खनाल २०६२ र ६३ सालमा निरंकुश राजतन्त्रको बिरुद्ध लोकतन्त्रको लागि १९ दिने जनआन्दोलन हुँदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते भएका थिए । त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुदा पनी राज्यलाइ भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।
घाइतेहरुलाइ आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन जनगायक खनालले भने ।