१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

पोखराथोककी सुमीत्रा नेपालीको दुबै मृगौलामा समस्या, अस्पतालबाटै सहयोग माग्दै अपिल

अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. २ निवासी सुमन नेपालीको श्रीमती वर्ष २७ की सुमित्रा नेपाली हस्पीटलको बेडबाट सहयोगको अपिल गर्दै ज्यान बचाईदिन आग्रह गरेकी छिन् । निज बिरामी सुमीत्रा नेपालीको दुवै मृगौला र कलेजोमा समस्यामा भई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार गराउँदै छिन् ।

उनी हिडडुल गर्न पनि नसक्ने भई उपचार गराई रहेकोले उनका श्रीमान सुमन नेपालीले श्रीमतीको ज्यान बचाईदिनका लागी अपिल गरेका छन् । घरको आर्थिक अवस्थाका कारण समस्या भएकोले र उपचार गराउँदा धेरै खर्च लाग्ने भएकाले सक्दो सहयोगका लागी परिवारले अपिल गरेको छ ।

हिन्दुखबर डटकमका संवाददाता संगम भट्टराई, चित्ररम्भा आधारभुत विद्यालयका प्रअ रामकुमार छिनाल र अभियानकर्ता विकास गौतमको संयुक्त पहलमा अभियान सञ्चालन गर्दै विरामीको उपचारका लागी सहयोगको अपिल गरेका छन् । विरामी सुमीत्रा सुत्केरी भएको १९ दिन भएको छ । जसका कारण पनि समस्या भएको छ, उनले छोरालाई जन्मदिएको पारिवारीक स्रोतको भनाई छ ।

उनीहरुका अनुसार लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार गराउँदा निज हिड्डुल गर्न पनि नसक्ने भएकोले हाल सम्म उपचार गराउदा घरपरिवारको आर्थिक अवस्था कम्जोर भएकोले सम्पुर्ण स्वदेश तथा विदेशमा रहेनु भएका सम्पूर्णले विरामीको ज्यान बचाउनको लागि सक्दो सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।

सहयोग गर्न चाहानुहुनेले निम्न नम्वरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

सम्पर्क फोन नम्बर: 9843210823
सामाजिक अभियान कर्ता :- संगम भट्टराई
ESEWA – 9867737807 (sangam Bhattarai )
Global ime bank :- 21507010002117 sangam Bhattarai )

अभियानकर्ता :- राम कुमार छिनाल
अभियानकर्ता :- बिकास गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️