प्याव्सन अर्घाखाँचीले विविध कार्यक्रम गरी मनायो सहिद दिवस

अर्घाखाँची । सहिद दिवसको अवसरमा प्याब्सन अर्घाखाँचीको आयोजनामा प्याब्सन जिल्ला स्तरीय विविध कार्यक्रम सम्पन्न भ‌एका छन् । विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष माघ १६ गते सहिद दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको प्याव्सन अर्घाखाँचीले यस वर्ष आधारभुत तह १-५ हाजिरीजबाफ प्रतियोगिता ६-८ चित्रकला प्रतियोगिता र माध्यमिक तहको निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

आधारभूत तह १-५ हाजिरी जबाफ प्रतियोगितामा गौरीशंकर इङ्गलिस बोर्डिङ स्कुल प्रथम, रेन्वो मन्टेश्वरी स्कूल द्वितीय, मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल तृतिय र ग्रिनस्टार बोर्डिङ स्कूल ठाडा र मालिका इङ्गलिस बोर्डिङ स्कुल सान्त्वना भएका छन। आधारभूत तह ६-८ चित्रकला प्रतियोगितामा अर्घाखाँची आवासीय माध्यमिक विद्यालय प्रथम, हिमालयन इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, सन्धिखर्क इङ्गलिस बोर्डिङ स्कुल तृतीय र हशंपुर पब्लिक बोर्डिङ स्कुल सान्त्वना भएका छन् । त्यसै गरि माध्यमिक तहको निवन्ध लेखन प्रतियोगितामा गौरीशंकर इङ्गलिस बोर्डिङ स्कुल प्रथम, अर्घाखाँची आवासीय माध्यमिक विद्यालय द्वितीय, हिमालयन इङ्गलिस बोर्डिङ स्कुल तृतीय र सनराइज इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुली ,सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मन्जु आचार्य, पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष विरेन्द्र केसी, प्याब्सन अर्घाखाँचीका प्रमुख सल्लाहकार गणेश क्षेत्री, प्याब्सन अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा जिल्ला सल्लाहकार चोपनारायण बन्जाडे, सल्लाहकार मोहनराज भुसाल, हिम जिसि, हरि प्रसाद भुसाल, कृष्ण बर्मा , बुद्धि नेपालीको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्याव्सन अर्घाखाँचीका अध्यक्ष कमल वेल्वासेको अध्यक्षता, प्याब्सन अर्घाखाँची प्रमुख सल्लाहकार गणेश क्षेत्रीको स्वागत मन्त्यव्य र सचिव धनिश्वर पान्डेको संचालनमा सम्पन्न भ‌एको हो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img