२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार
spot_img

सन्धिखर्कले हात पा¥यो १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी

घनश्याम पौडेल
अर्घाखाँची, १६ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सञ्चालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले हात पारेको छ । आईतबारदेखी सञ्चालन भई मंगलबार समापन भएको रनिङशिल्ड प्रतियोगितामा सन्धिखर्कले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलखुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिए ।

गत वर्ष उपाधि जितेको भूमिकास्थान नगरपालिका दोस्रो भएको छ भने पाणिनि गाउँपालिकाले तेस्रो स्थान हासिल गरेकोछ । प्रतियोगितामा भलिबल, रिले दौड, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्यावलिङ्गथ्रो र कबड्डी गरी १० वटा विधामा छात्र र छात्रालाई प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा अर्घाखाँचीका ६ वटै स्थानीय पालिकाबाट झण्डै ५ सय ५० खेलाडीहरु सहभागी थिए ।

जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । शिल्ड प्राप्त गरेपछि सन्धिखर्क नगरपालिकाले खेलाडीहरुलाई बाजागाजासहित बजार परिक्रमा गराई सम्मान गरेको नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले भने ‘खेलाडीहरुको क्षमता विकासका लागी खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राख्नमा ध्यान दिन्छौँ।’

खेलमा सफलता हात पारेपछि खेलाडीहरुलाई सफलताको शुभकामना दिदैँ आगामी दिनमा पनि नगरपालिका तथा खेल क्षेत्रमा व्यक्तीगत विकाससँगै जिल्ला तथा देशमा समेत खेल क्षेत्रलाई चिनाउँन खेलाडीहरुलाई शुभकामना सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले व्यक्त गर्दै नगरपालिकाको तर्फबाट खेलाडीहरुलाई धन्यवाद दिए ।

खेल सम्पन्न भएपछि खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख श्रेष्ठ, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्ककी उपप्रमुख मिश्रा आचर्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, सन्धिखर्कका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, पाणिनि गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्री लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

खेलको नेपाल सरकारका पर्यटन तथा उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले उद्घाटन गरेकी हुन । खेल ३ दिनसम्म सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img