घनश्याम पौडेल
अर्घाखाँची, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी परिवर्तन गरेर रास्वपामा आउँन पर्दैन् मत परिवर्तन गर्नका लागी आग्रह गरेका छन् ।
सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।
मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताएका छन् । पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौँ, त्यो संख्याले हुदैँन् परिवर्तन गर्नका लागि वहुमत चाहिने बताए ।
पुर्वगृहमन्त्री समेत रहेका लामिछानेले, ‘वर्तमान सरकार सञ्चालनको शैली ठिक छैन, सुरूसुरूमा काम गरेजस्तो गर्ने तर, काण्डको टुंगो नलाग्दै कसैको दबाबमा काण्डको ढाकछोप गरेको बताए ।’
कुखुराको जस्तो मुटु लिएर राजनितिमा आएको होईन, लामिछानेले भने,‘सिंहको जस्तै दरिलो मुटु लिएर राजनितिमा आएको छु, सामान्य रुपमा नसोच्नुहोला, थप गर्दै भने‘इमानको राजनिति गर्नका लागी राजनितिमा आएको हुँ, कसैसँग डराएर सिर झुकाउँनेछैन् ।
त्यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले देशमा गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् । सरकारको नेतृत्व गरेका दलहरूबाट नै भष्ट्रचारको वेथिति बढेकाले यसको अन्त्यका लागि नयाँ शक्तिको उदय भएको बताईन् ।
रास्वपाका केन्द्रीय सदस्य अर्जुन अधिकारी, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश पौडेल, जिल्ला संयोजक हरिप्रसाद भुसाल, महिला नेतृ सिता पराजुली, सन्धिखर्कका संयोजक प्रकाश आचार्य लगाएतका वक्ताहरुले परिवर्तनको पक्षमा आवाज उठाएका थिए ।