बुटवल । नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीद्वारा आयोजित बिएमसी नेविसंघ सुपर सिक्स क्रिकेट कप सम्पन्न भएको छ ।
१९ टिम सहभागी खेल माघ २० गते र २१ गते बुटवल बहुमुखी क्याम्पसमा भएको थियो । जसको प्रथम स्थान हासिल गर्न बुटवल बहुमुखी क्याम्पस सफल भएको छ भने, उपविजेता राममणी बहुमुखी क्याम्पस भएको छ । विजेता र उपविजेताले क्रमश ३० हजार र प्रन्ध्र हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
खेलकाे समापनमा लुम्बिनी प्रदेश काँग्रेसका सहमहामन्त्री निमा गिरीले स्वस्थ्य रहनका लागि खेल क्षेत्र महत्त्वपूर्ण रहेकाे बताईन् । उनले खेलले देशकाे गरिमा उच्च बनाउँने भन्दै खेललाई आयोजना गर्ने नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिलाई धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की लगायतका पार्टिका नेताहरु, नेविसंघ रुपन्देही जिल्ला सभापति सम्शेर खड्का लगायतका नेविसंघका नेताहरुको उपस्थिति रहेको हाे ।
समापन कार्यक्रम नेविसंघ ईकाई अध्यक्ष सुमन गुरुङकाे अध्यक्षता, उपाध्यक्ष नारायण घिमिरेकाे सञ्चालनमा भएको हाे । खेल व्यवस्थापनका लागि सचिव प्रयास आचार्य, कोषाध्यक्ष बिपिन्द्र पाण्डे, सहसचिव कृष्ण श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन भट्टराई र सदस्य माधव बेल्बासे गरि पाँच सदस्यीय उपसमिति रहेको थियो ।