२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार
spot_img

१ वर्षमै निर्माणसम्पन्न भएको प्रहरी चौकी पालीको उद्घाटन, नयाँ भवनबाट सेवा सुरु

रुकमागत भट्टराई
अर्घाखाँची, २६ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ८ पालिमा सम्झौता भएको एक बर्षमा प्रहरी चौकी निर्माण सम्पन्न भएको छ । भवनको शुक्रबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भवनको उदघाटन गरे ।

भवनको उद्घाटन गर्दै कठायतले भने ‘नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि कुबेर कडायतले आग्रह समेत गरेका छन् ।’

कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्य, ईश्वरि बक्स गुल्मका गुल्मपती महेश्वर थापा, प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, प्राबिधिक प्रहरी नायब उपरीक्षक इ. रोशन शारु, सशस्त्र प्रहरी बल ३६ न. का गुल्मपती प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा, प्रमुख अनुसन्धान अधिकृत इश्वरी आचार्य, कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कार्यलय प्रमुख राजु पान्डे, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरे, वडाअध्यक्षहरु इन्द्रमणि घिमिरे, कृष्णप्रसाद पौडेल, गुनाखर अधिकारी, रोमबहादुर पाण्डे लगाएतका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
अर्जुन बिल्डर्स एन्ड कम्पनी प्रालि रेसुङा गुल्मीले २०७९ पुस ७ गतेका दिन दुई करोड उन्नान्सय लाख तीन हजार पाँच सय उन्पचाँस हजार रुपैयामा सम्झौता गरेको थियो ।

भवन निर्माणमा सहयोग गर्ने सरोकारवाला निकाय, निर्माण कम्पनी लगाएतलाई सम्मानपत्रले सम्मान गरिएको थियो । उद्घाटन पश्च्यात प्रहरी चौकी परिसरमा वृक्षारोपण गरिएको थियो । यहाँ स्थापना भएको प्रहरी चौकीबाट सेवा दिने पाणिनीका ४ वडाहरु रहेका छन् । यसअघि गाउँले घरमा प्रहरी चौकी रहदैँ आएको थियो ।

May be an image of 5 people, hospital and textMay be an image of 5 people and daisMay be an image of 5 people, dais and textMay be an image of 12 people, temple, dais and text that says 'नव नि्मित प्रहरी चौकी पाली अपसिंवी भवनको समुद्घाटन कार्यक्रम प्रमुख अतिथि: प्र.ना.म.नि कुवेर कडायत ज्यू लुम्िनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाड्न गते N EHIEELE Panda'May be an image of 5 people, dais and textMay be an image of 4 peopleMay be an image of 6 people, dais and textMay be an image of 4 people, dais and textMay be an image of 4 people, dais and textMay be an image of 6 people, tree and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img