नेपालले क्यानडासँग आज दोस्रो खेल खेल्दै

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए ।

पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिनसक्छ ।

विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ । कुशल भुर्तेल, रोहित र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् ।

अनुभवी बलर सोमपाल कामी प्रमुख बलर हुन् । नेपालविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका निकोलस किर्तोन र परगत सिंहको प्रदर्शन क्यानडाको लागि महत्वपूर्ण हुनेछ । बलिङमा राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img