९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
spot_img

लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा सफल युवा व्यावसायिहरु बिच अन्तरसवांद कार्यक्रम सम्पन्न

बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलले आफ्नो स्थापनाको १० औ बर्षमा प्रवेश गरेको अबसरमा युथ entrepreneurship and youth leadership development and pannel discussion कार्यक्रम शुक्रबार एसियन पार्टी प्यालेस बुटवलमा सम्पन्न गरेको छ ।

कार्यक्रम सभाअध्यक्ष बिकास टन्डन, अध्यक्ष लुम्बिनी प्रदेहका सामाजिक बिकास मन्त्री सिके गुप्ताको प्रमुख आथित्यता lions District 325 पि का Distric Governer pmjf lions अर्जुन मान सैजुको विशिष्ट आथित्यता र लायन्स डिस्ट्रीकका विभिन्न पदाधिकारी, लियो डिस्ट्रीकका पदाधिकारी तथा यश क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आथितत्याता भएको हाे । लियो कलब अफ बुट्वल सेन्ट्रलको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा बोल्दै मन्त्री सिके गुप्ताले युवाहरु जगियो भने देश परिबर्तन गर्न सकिने बताए । देशमा केही हुदैन भन्ने भाष्य समाजम निर्माण भएको छ, यसलाइ युवा एक जुट भएर चिर्न सकिने बताए ।

पछिल्लो अबस्थामा राजनीतिक खिचातानीकाे कारण देशमा बढिरहेको आर्थिक सङ्कटले उद्योगी तथा व्यापारीहरूमा वितृष्णा पलाएको छ। काेराेना महामारीदेखि थला परेका उधाेगहरू अझै पनि चलाएमान बन्न सकेका छैनन् । देशमा बढदै गइसकेको आर्थिक सङ्कटले गर्दा धेरै उधाेगीहरू आफ्नो पेसाबाट पलायन भएका छन् भने केही बन्द हुने अवस्थामा रहेका छन् । यो संकटको घडिमा Pannel discussion कार्यक्रमले ब्यबसायमा बिरास हुनुभएका हरुलाइ मनोबल बढाएको क्लबक अध्यक्ष बिकास टन्डनले बताएका छन । Pannal discussion कार्यक्रममा युवा व्यावसायि बेल्बासे मोटर पार्ट्सका सन्चालक राम बेलबासे त्यसै गरि ड्याडिज किचनका सन्चालक कमलजंङ कुवर र कृषि प्रती निकै रुचि राख्नु भएका र सफल कृषक ग्यालक्सी फमका सन्चालक गोकर्ण नेपालिको उपस्तिथि थियो भने आफुहरुले संघर्ष गरेका दिनहरुलाइ स्मरण गराउदै उपस्थितलाई प्रेरणा दिए ।

ब्यबसायप्रति बढदै गएको चरम निराशालाई आशामा परिणत गर्नका लागि लियो क्लब अफ बुटवल सेन्ट्रलले युवा उद्यमशिलता, नेतृत्व बिकास, समाजमा युवाहरुको भुमिका विषयमा सम्बन्धित क्षेत्रका सफल युवा ब्यबसायीहरुले अन्तरसम्बाद कार्यक्रममा आगामी दिनमा आफ्नो माटोमै पसिना भिजाउछु भन्ने हुटहुटि बोकेर हाेमिएका युवाहरु सङ्ग सहयात्रा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा Youth leadership trainer ; प्रदेस युवा परिसद लुम्बिनी प्रदेस का कार्यकारी उपाध्यक्ष गोबिन्द बाहादुर के सि Youth Entrepreneurship Trainer international Certified Rajib gautam ले सहभागीलाई ब्यबसाय र जीवन कसरी सफल बनाउन सकिन्छ भन्ने बिष्यमा आफ्नो अनुभव बाड्दै प्रेरणा दिए । कार्यक्रम क्लबका सचिब युवराज भन्डारिले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img