कपिलवस्तु उद्योग वाणिज्य संघ: भारी मतान्तरमा विजयी हुने लोकप्रिय युवा व्यवसायी ‘नारायण’ काे हुन ?

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि चुनाव सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक भएको छ । चुनावमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपा निकट व्यवसायीकाे एक प्यानल बन्याे । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका छुट्टै प्यानल थिए ।

गठबन्धनबाट अध्यक्षमा गणेश बहादुर क्षेत्री विजयी भए । गठबन्धनबाट नै वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल र महासचिव पदमा नवदत्त घिमिरे विजयी भए । गठबन्धनका अन्य पदमा अरू उम्मेदवार हुदाँ वाणिज्य उपाध्यक्षमा एमालेनिकटका नारायण पाैडेल भारि मतान्तरले विजयी भए ।

पाणिनि-६, धातिवाङ्गमा जन्मिएका पाैडेल कपिलवस्तु वाणंगगा क्षेत्रमा लाेकप्रिय युवा व्यवसायी हुन् ।अध्यक्ष, महासचिव सहितका महत्त्वपूर्ण पदमा पराजित हुदाँ भारी मतान्तरले विजयी भएका पाैडेलकाे आफ्नै पहिचानका कारण विजयी भएकाे सहजै अनुमान गर्न सकिन्छ । उनले हासिल गरेको मत संघको चुनावमा सबैभन्दा बढी हो । सर्वाधिक लोकप्रिय मतसहित पौडेल विजयी भए ।

पोडेलले १२ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले जम्मा ६६३ मत मात्र प्राप्त गरे । अर्थात् ५५७ मतान्तरमा पौडेलले गठबन्धनका अधिकारीलाई हराए । उनी विभिन्न संघसंस्थामा पनि आवद्व भई सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

यो जितपछि आफुलाई थप जिम्मेवारी बोध भएको उनले प्रतिक्रिया दिदैँ व्यवसायीकाे हितमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img