९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार
spot_img

परमानन्द गुरुस्मृति भण्डाराको अवसरमा काव्य वाटिका कार्यक्रम

चक्रपाणी डुम्रे , तिलोत्तमा ।
श्री दुर्गा वैदिक परमानन्द संन्यास आश्रम नयाँमिल देवीस्थानको आयोजनामा २७ औं गुरुस्मृतिको अवसरमा वृहत् गुरु भण्डारा कार्यक्रम सम्पन्न भएको छ । फागुन ५ गते शनिबार सम्पन्न उक्त भण्डारामा स्थानीय , समाजसेवी , साधुसन्त,भक्तजन एवं संस्कृत पढ्ने बटुक हरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राष्ट्र सन्त स्वामी परमानन्द सरस्वतीको सत्ताईसौ स्मृति दिवसको उपलक्ष्यमा ५ दिन अध्यात्म रामायण दार्शनिक प्रवचन एवं सत्सङ्गको आयोजना समेत गरिएको थियो । फागुन १ गते देखि सुरु हुने कार्यक्रम ५ गते समापन भएको थियोे । श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको पावन सान्निध्यमा भएको सत्सङ्गमा डा. राजेश्वरानन्द सरस्वतीले प्रवचन गर्नुभएको थियोे ।

सोही अवसरमा ४ गते साझ ७ बजेदेखि श्री दुर्गा वैदिक पूर्व विद्यार्थी मंच र विद्यार्थी कल्याण परिषद्को संयुक्त आयोजना साहित्यिक कार्यक्रम परमानन्द काव्य वाटिका पनि सम्पन्न भएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष पी.आर. भट्टराईको अध्यक्षता दुर्गा वैदिक परमानन्द संन्यास आश्रमका आश्रमाधिपति एवं अध्यक्ष स्वामी विवेकानन्द सरस्वती र स्वामी ज्ञनानन्द सरस्वतीको संरक्षकत्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका पूर्व अध्यापक साहित्यकार समालोचक प्राध्यापक डा.ऋषिराम भुसाल रहनु भएको थियो । छन्दबादी समाजका अध्यक्ष कवि कबिराज पौडेल ,साहित्यकार एवं कवि रन्जु घिमिरे लगायतको सहभागिता रहेको कार्यक्रममा सयजना बढी सर्जकहरुले आफ्नो रचना प्रस्तुत गरेका थियो । मञ्चका उपाध्यक्ष गोविन्द रेग्मीको स्वागत एवं सचीव कृष्ण अर्यालको संचालनमा कार्यक्रम सम्पन भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (78%)
  • दुःखी (0%)
  • अचम्मित (22%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img