कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : युवानेता भट्ट

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् ।

उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकाय हरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे ।

‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने ।

नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्न्पर्ने उनले बताए । यस्तै पार्टी नेतृत्वका लागि उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समयसीमा तोकिनुपर्ने उनले बताए ।

यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया बदल्दै वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्याकर्षण पनि गराए । ‘ त्यसले गर्दा केन्द्रीय सदस्य र पदाधिकारीहरु वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउँदा उहाँहरु पनि थप बलसाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व बन्ने देखिन्छ’, उनको भनाइ थियो ।

यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषयविज्ञ छानिनुपर्नेलगायतमा पनि उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img