८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए ।

फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए ।

‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भने ‘क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जयनेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो । यी सहमति पालना गर्नु पर्नेमा झन रातारात वोर्ड राख्ने सहमति दिए पछि बाध्य भएर यो कदम चालेका हौँ।’

साथै क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजिनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेको छ । तर, नेपाल विद्यार्थी संघ र अखिले छैठौँले स्वागत वोर्ड अनेरास्ववियूले राखेको बताए पनि अनेरास्ववियूले भने आफुहरुले नराखेको दाबी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैँठोले गैरजिम्मेवारी देखाएको भन्दै भत्र्सना गरे ।

‘यो विषय बैठक बसेर मिलाउन सकिने विषय थिए । क्याम्पस प्रमुखको कुर्ची नै रुखमा लगेर राख्नेसम्मको जुन हर्कत भएका छन् । यसमा स्वतन्त्र विद्यार्थी युनियनले घोर भत्र्सना गर्छ।’–सभापति एमसीले भने ।

यस विषयमा क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेलाई सम्पर्क गर्दा फोन उठाएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (14%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (71%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img