२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

`जड्याहा´लाई फूलमाला लगाएर ६० जनालाई पाल्पाकाे रिब्दिकाेट गाउँपालिकाले गर्‍याे सम्मान

पाल्पा । स्थानिय सरकार, घरदैलोको सरकार । यो नारा चर्चित छ । नारामात्रै होईन स्थानिय सरकारले अच्चमका कामहरु पनि गरेका छन् । पाल्पाको रिब्दीकोटा गाउँपालिकाले नौलो कार्यक्रमको आयोजना गरेर आज चर्चामा आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्नेलाई सबैतिर नराम्रो तरिकाले हेरिन्छ तर रिब्दीकोट गाउँपालिकामा यसको लतमा बसेकाहरुलाई खोजीखोजी सम्मान गरेपछि चर्चा पाएको छ । रिब्दीकोटले नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा प्रहरीहरू देख्दा आफूलाई पक्राउ गर्न बोलाएको हो कि जस्तो सन्तलाई लागेको थियो । तर, रक्सीकै नसामा पनि गाउँपालिकाले फूलमालाले सम्मान गरेपछि उनीहरुको दिमागमा केही हलचल भयो । ‘साथीभाइको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्बाद पारेको रहेछ ।’ आजैदेखि रक्सीको मात्रा घटाएर छोड्ने उनले मञ्चमै पुगेर वाचा गरे ।

नियमित रक्सी खाएर हिँड्ने दर्जनौं व्यक्तिलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी निकै खुसी देखिए । मञ्चमा गए । रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत गाए र रक्सी नखाने प्रतिवद्दता पनि गर्न भ्याए । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झगडा कलह गर्नेहरूलाइ खोजी गरि सम्मान गरिएको बताए ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।’

सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।पालिकाले रक्सी छोड्ने युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा प्राथमिकता दिने जनाएको छ । जाड रक्सीमा भुलेका युवालाई श्रम र सिप, आय आर्जनसँग जोड्ने गरी गाउँपालिकाले नीतिगत व्यबस्था गर्ने विषयमा छलफल सुरु भएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img