बढ्दो मानसिक स्वास्थ समस्या प्रति विज्ञहरू चिन्तित

काठमाडौँ, फाल्गुन १९ । मानसिक स्वास्थ समस्याले समाजमा बिकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले यस विषयमा सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् । रोटरी क्लब अफ काठमाण्डौ र आध्यात्मिक पत्रकार समाजद्वारा  मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भए पनि कार्यान्वयन भने फितलो रहेकोे बताए ।
पूर्व स्वास्थ राज्यमन्त्री तथा सांसद डा. तोसिमा कार्कीले एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक सवास्थ्य सम्बन्धि समस्याकै कारण दैनिक रूपमा १७ देखि १९ जना सम्मले आत्महत्या गरिएको तथ्यांकले देखाएको बताइन् । सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकेको भन्दै डा.कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्नेमा आफूले जोड दिइरहेको जानकारी गराइन् । डा. प्रदीप पाण्डेले विश्वस्वास्थ संगठनकै तथ्यांकले पैंतीस प्रतिशत बयस्कमा इन्जाइटी देखिएको र हरेक आठ जना मध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेकोे बताए। डा.पाण्डेले यो समस्या भएका ब्यक्तिले समस्या नखोल्ने र खुलेर आफ्ना समस्या माथि नबोल्ने हुनाले आगामी दिनमा भित्र भित्रै दोश्रो महामारीको रुप लिन सक्ने संकेत गर्दै यसबाट हुन सक्ने ब्यक्तिगत,पारिवारिक र सामाजिक खतरा कम गर्न व्यापक जनचेतना र चर्चाको आवश्यकता रहेकोे कुरामा जोड दिए।आध्यात्मिक बक्ता स्वामी आनन्द अर्हतले वैदिक कालदेखि नै मनोवैज्ञानिक समस्या र मानसिक त्रासको अवस्था कायम भएको स्मरण गराउँदै ध्यान,ज्ञान र आध्यात्मिक बोधबाट नै शान्ति मिल्न सक्ने बताए । डा.हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना मनोपरामर्श विज्ञ रहेकोे भन्दै मानसिक स्वास्थ उपचारका लागि योग्य जनशक्तिको अभाव नै अहिलेको ठूलो समस्या रहेकोे औंल्याइन् । यूवा अभियन्ता रन्जू दर्शनाले यो समस्याले ब्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानुन र रणनीतिमा भएका प्रावधानलाई शसक्त रुपले कार्यन्वयन गर्दै शारीरिक तथा मानसिक स्वास्थका समस्या प्रती सामूहिक प्रयत्न गर्न सबैलाई आग्रह गरिन् ।
आयोजक संस्था रोटरी क्ल्ब अफ काठमाडौं र आध्यात्मिक पत्रकार समाज(आपस)का अध्यक्षहरू क्रमशःकिशोर उप्रेती र शिरोमणि दवाडीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अत्यावश्यक देखिएकोले अभियानकै ओरुपमा संचालन गरिने जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img