सुपा देउराली मन्दिर कहिँ सर्दैन, भ्रम फैलाउँनेलाई कार्वाही गर्न माग: संरक्षण समिति

अर्घाखाँची । सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ ।

नेपालकै एक धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सञ्चारमाध्म तथा सामाजिक सञ्जालमा आएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मलेन गर्दै खण्डन गरेको छ ।

समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै सुपा देउराली मन्दिर अन्त सार्ने कुरा नसोचेको स्पष्ट पारेको हो ।

समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ । कसैको व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणाबिना सञ्चारमाध्यममा ल्याइएको अफवाह प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको बताए । उनले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछि नलाग्न समेत अनुरोध गरे ।

सुपा देउराली मन्दिरमा भाकल गरे चिताएको काम पुरा हुने जनविश्वास रहेको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्नेलाई भीरमा टाँसिदिएको किम्वदन्ती रहेको छ ।

मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुँदै आएपछि संरक्षण समितिले पत्रकार सम्मेलन गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img