हृदय भुसाल
अर्घाखाँची, २८ फागुन । साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्धारा सञ्चालित सहकारी उद्योग, बिक्री केन्द्र साथै सन्धिखर्क सेवा केन्द्रको एक बिशेष कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्दै `देशभर सहकारीहरूको समस्या हुदै गर्दा पनि अर्घाखाँचीमा सहकारीमा गरेको बचत र लगानी सुनिश्चितता भएको भन्दै सहकारीका,मुल्य मान्यता,सिद्धान्त मर्म र बुझेकाहरूले मात्र सहकारी संस्थाहरुको नेतृत्व गर्नु पर्ने बताए ।´
नगर प्रमुख श्रेष्ठ भने,‘संचालनकहरुको अनुहारबाट नै थाहा हुन्छ कि सहकारी कस्तो हो,हामीहरु सजक र सचेत हुने बेला आएको छ,सवैको स्वाथ्य बिग्रेको छ,मिसावट अखाध्य बस्तुको प्रयोग लेवलहिन बस्तुको प्रयोग यस्तो कुराको नियमन,नियन्त्रण गरि स्वथ्य,सफा,सुफथ मुल्यमा,गुणस्तरिय सेवामा सहकारीले ध्यान दिनु पर्छ’।
जग्गा अभावका कारण लामो समयदेखी प्रयास गर्दा पनि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अहिले सम्म पनि मापदण्ड अनुसारको ब्यवस्थित हाटबजार संचालन गर्न नसकेकोले अव साथी सहकारीले सवै सहकारीहरु संग समेत समन्वय गरि हाट बजार समेत संचालन गनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारको तिन खम्बे अर्थ निती मध्ये सरकार,निजी क्षेत्र र सहकारीको एक अर्का बिच अन्तरसम्बन्ध रहेको बताए ।
उत्पादन भएका वस्तुहरुले बिक्री बितरण मात्र नभई उत्पादनको लागी पनि आबश्यक योजना बनाई आबश्यक बतावरण बनाउनु पर्ने भन्दै उपभोक्तालाई भनिए अनुसारको बस्तु,गुणस्तर र मात्रा पुरा गरि बिक्री बितरण गर्नुपर्ने बताए । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको बिकृतीलाई अन्त्य गर्न लागी पनि उदारणिय काम गरेर देखाउनु पर्ने बताए ।
केही ऋण तथा बचत सहकारी संस्थाका कारणले गर्दा सहकारीलाई हेर्ने दृष्ट्रिकोण बद्लिएकोले अब सवै सहकारी उत्पादन र रोजगारीको क्षेत्रमा लागानी गरी सवै शेयर सदस्यहरू उत्पादन कार्यमा जोडेर अगाडी बढ्नु पर्ने जिल्ला जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालले बताए ।
साथी सहकारी संस्थामा लामो समयदेखी नेतृत्व गर्दे आएका प्रकाश भुसालले १ करोड लगानी गरी उद्योग र बिक्री केन्द्र संचालन गरेको भन्दै यस बिक्री केन्द्रलाई जिल्लाको सहकारी बजारको रुपमा बिकास गर्ने उदेश्यका साथ अगाडी बढेको बताए ।
रैथाने पुराना खाद्य तथा अन्य सामाग्रीहरुको बिक्री बितरण गरि गुणस्तरिय सस्तो सुलभ र सहज सेवा प्रदान गर्नका लागी सहकारीले बिशेष योजनाका साथ अगाडी बढ्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
स्थानिय उत्पादन र सिप हस्तान्तरणका माध्यमबाट स्थानिय उत्पादनलाई बजारीकरण गरि शेयर सदस्यहरुलाई आत्मनिर्भर र उधमी बनाई सबै सहकारीका सदस्य तथा उपभोक्ताहरुलाई आर्थिक हिसावले समेत सवल र सक्षम बनाउन सहकारी मार्फत बिभिन्न कार्यक्रम अगाडी बढाएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।
साथी उद्योग मार्फत शुद्ध तोरीको तेल,गहुको पिठो,कोदोको पिठो,स्थानिय शुद्ध मह,घ्यू ,सातु,बेसार,टिमुर,खुर्सानी गुन्दुक,मकैको आटो, साथै बिभिन्न प्रकारका दाल लगायतका बिभिन्न गुणस्तरिय वस्तुहरू शुलभ मुल्यमा बिक्री बितरण भईरहेको काजी श्रेष्ठले बताए ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधी,राजनैतिक दल सहकारी कर्मि राष्टसेवक कर्मचारी,पत्रकार,उधोगी व्यावसायिहरुको आथित्यता र सहकारीका शेयर सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता सचिब धर्म भुसालको संचालनमा सम्पन्न भएको