घनश्याम पौडेल
अर्घाखाँची, २९ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा सञ्चालन भएको ६ दिने मेला सकिएको छ । सातौँ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव २०८० मा करिब ५५ लाखको कारोवार भएको आयोजक संस्थाले जानकारी दिएको छ।
पाणिनी पर्यटन समाजको आयोजना, भिजन लुम्बिनी इन्टरटेन्मेन्ट प्राली मुख्य आयोजक रहेको मेलाको संरक्षकमा पाणिनी गाउँपालिका र प्रर्बदकमा पर्यटन विकास परिषद् रुपन्देही रहेका थिए । पाणिनीका ८ वटै वडा कार्यालय सहितका विभिन्न संंघसंस्थाहरु, सरोकारवाला निकायको सहभागितामा मेला सम्पन्न भएको हो ।
मेलाको समापन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य रामजीप्रसाद घिमिरेले मेला महोत्सवले अर्थतन्त्र चलायमान हुने बताए । मेलाले पाणिनीको पहिचार सँगै यहाँको अर्थतन्त्रमा टेवा पुग्छ, हरेक क्षेत्रबाट पाणिनीलाई अव्वल बनाउँनुपर्छ, घिमिरेले भने ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले मेला महोत्सवले विग्रदै गएको अर्थतन्त्रमा सुधार सँगै गाउँपालिकाको पर्यटन विकासमा टेवा पुगेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईराला, गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम, पुर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम, पुर्व उपाध्यक्ष लक्ष्मी गौतम, वडा अध्यक्षहरु कमल पोख्रेल, चन्द्रकान्त पौडेल, इन्द्रमणि घिमिरे, कृष्णप्रसाद पौडेल, गुनाखर अधिकारी, रोमबहादुर पाण्डे, ४ नं. वडाका सदस्य एकराज अधिकारी सहित राजनितिक दल, सरोकारवाला निकायको समापन कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनाम, उपाध्यक्ष धुव्र घिमिरे, सचिव केशव बन्जाडे, भिजन लुम्बिनी इन्टरटेन्मेन्ट प्रालीका महासचिव बसन्त केसी लगाएतले मेला सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरेका थिए । कार्यक्रम उद्घोषक विकास भट्टराई र केशव बन्जाडेले गरेका थिए ।
हिन्दुखबर कर्मी सम्मानित
हिन्दुखबर डटकमका प्रधान सम्पादक घनश्याम पौडेल र संवाददाता रुकमागत भट्टराई सम्मानित भएका छन् । मिडिया पार्टनरको रुपमा रहेको हिन्दुखबर डटकमलाई मेला अवधिमा सञ्चार माध्यमको तर्फबाट पुर्याएको योग्दानको कदर गर्दै आयोजकले सम्मान गरेको हो ।













