अर्घाखाँची, ३० फागुन । ग्लोबल आईएमई बैंक पोखराथोक शाखाले वित्तिय साक्षरता, डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य सम्पन्न गरेको छ ।
बैंकले डिजिटल बैंकिङ र यसको उपयोगिताका साथसाथै त्यसबाट उत्पन्न जोखिम हुन सक्ने सम्भावित जोखिमका बारेमा पनि प्रस्त’ति ग्लोब बैंकका पोखराथोक शाखाका कर्मचारी चिरन आचार्यले दिएका दिए ।
दुर्गाफाटमा गरेको साक्षरता कार्यक्रममा ग्लोबल बैंक डिजिटल बैंकिङ्ग माध्यम मार्फत दिने सेवाहरुको बारेमा जानकारी गराएको थियो। बैंकले हाल देशभर ३५४ शाखा, ६५ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर र २७७ वटा शाखारहित बैंकिङ सुविधाहरु सञ्चालन गरिरहेको छ ।
मुलुकको वाणिज्य क्षेत्रको अग्रणी स्थानमा रहेको बैंकले देशभर ३ सय ७८ एटिएम पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
कार्यक्रममा ग्लोबल बैंक पोखराथोक शाखाका प्रमुख विक्रम शाह, गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु लगाएत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।